२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

राष्ट्र बैंकले ६ अर्ब २३ करोडको ट्रेजरी नवीकरण गर्ने

images

  • २०८० भदौ ३, आइतबार
  • 861
    SHARES
  • राष्ट्र बैंकले ६ अर्ब २३ करोडको ट्रेजरी नवीकरण गर्ने

     

    भदौं ३ काठमाडौं : नेपाल राष्ट्र बैंकले ६ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण गर्ने भएको छ । राष्ट्र बैंकले भदौ ५ गते ९१ दिने र ३६४ दिने गरी दुई किसिमको ट्रेजरी बिलको कूल ६ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो ।

    पुरानो ट्रेजरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाले पुनः ट्रेजरी नवीकरणका लागि दरखास्त दिन सक्नेछन् । केन्द्रीय बैंककाअनुसार मंगलबार नवीकरण हुने ट्रेजरीको सोमबार दिउँसो ३ बजे बोलकबोल हुने  बताइएको छ ।  इच्छुक बैंक तथा वित्तीय संस्थाले तोकिएको समय भित्र आवेदन दिन सक्नेछन् ।

    ट्रेजरीको बिक्री सोमबार अर्थात् भदौ ४ गते दिउँसो ३ बजे हुनेछ । यसअघि केन्द्रीय बैंकले साउन २९ गते १४ अर्बरुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ