काठमाडौँ : नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण आज सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीका सूचकहरूमा सुधार देखिएका छन्।
कम्पनीले यस आर्थिक वर्षको पुस मसान्तसम्ममा २५ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीले एकै वर्षमा १६.९१ प्रतिशतले वृद्धि गरेको देखिन्छ।
कम्पनीले यस आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ८ अर्ब ५६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ६८ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो। कुल बीमा शुल्क आर्जन ११.४६ प्रतिशतले वृद्धि भएको हो।
कम्पनीले कम्पनीले ८ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो जुन ११.४६ प्रतिशतले धेरै हो।
त्यस्तै, आर्थिक वर्ष २०७९ /८० को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा ६५ अर्ब ७८ करोड रहेको थियो। गत आर्थिक वर्षको असार मसान्तको तुलनामा पुस मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार ८.६० प्रतिशतले वृद्धि भएर ७१ अर्ब ४४ करोड पुगेको छ।
कम्पनीले ६ महिनाको अवधिमा ७६ करोड ७४ लाख रुपैयाँ अभिकर्ता कमिसन बापत खर्चिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७३ करोड ९३ लाख रुपैयाँ खर्चिएको थियो।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १०.१८ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १३२.२१ रुपैयाँ रहेको छ। कम्पनीको पिई रेसियो ५९.२२ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १६१०.१५ रुपैयाँ रहेको छ।
