काठमाडौं :-लामो समयको अन्तरालपछि नेप्से परिसुचक १२.७३ अंकले बढ्दै १८ सय ६९.७३ अंकको विन्दुमा उक्लिएको छ । नेप्से सूचक बढ्दै गर्दा यता कारोबार भने बढ्न सकेन ।
१२.७३ अंकमाथिले नेप्से बढेको बिहिबार जम्मा ७३ करोड २६ लाख ८९ हजार रुपैयाँ बराबरको २५ लाख ३३ हजार कित्ता बराबरको मात्र सेयर कारोबार भएको छ । आज १३ वटा उपसूचक नै धनात्मक हुँदै बजारमा हरियाली छाएको छ ।
आज नबिल ग्रोथ फन्ड र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः ९.८६ प्रतिशत र ९.१६ प्रतिशतले बढेका छन् भने एनएमबी डी८७र८८ डिभेन्चर फन्डको मूल्य ५.८५ प्रतिशतले घट्न पुगेको छ ।



