२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

ट्रम्पविरुद्ध जर्जियाको चुनावमा धाँदली गरेको आरोप

images

  • २०८० साउन ३१, बुधबार
  • 1.2K
    SHARES
  • ट्रम्पविरुद्ध जर्जियाको चुनावमा धाँदली गरेको आरोप

     साउन ३१ ,एजेन्सी : सन् २०२४ को राष्ट्रपति चुनाव लड्ने तयारीमा रहेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एकपछि अर्को कानूनी अड्चन आइलागेको छ ।

    उनीमाथि पछिल्लो पटक सन् २०२० मा भएको राष्ट्रपति निर्वाचन अन्तर्गत जर्जियामा धाँदली गरेको आरोप लागेको छ । यसै वर्ष ट्रम्पमाथि लागेको यो चौथो फौजदारी अभियोग हो ।

    जर्जियाको ग्राण्ड जुरीले ट्रम्पमाथि चुनावी नतिजा उल्टाउन षड्यन्त्र गरेको आरोपमा दोषी ठहर गरेको हो । अमेरिकी मिडिया रिपोर्ट अनुसार फुल्टन काउन्टी जिल्लाका महान्यायाधिवक्ता फानी विलिसले विगत दुई वर्षदेखि ट्रम्पमाथि लागेको आरोपमा अनुसन्धान गर्दै आएका थिए ।

    उनले गत सोमबार राति अबेर पत्रकार सम्मेलन गरी ट्रम्प र उनका सहयोगी १८ जना निर्वाचन परिणाम उल्टाउने षडयन्त्रमा संलग्न भएको भन्दै एकसाथ मुद्दा चलाउन सिफारिस गरिएको बताए । ट्रम्पले भने आफूमाथि लागेका आरोपहरु अस्वीकार गर्दै आएका छन् ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ