साउन ३०,काठमाडौं :नेकपा (एमाले)का केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारीबाट बिदा लिनुभएको छ ।
सोमबार बसेको सचिवालय बैठकले उहाँलाई केन्द्रीय सदस्यबाट बिदा दिने निर्णय गरेको हो । स्थापित २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार हुनुहुन्थ्यो ।
स्थापितसँगै अन्य दुई केन्द्रीय सदस्यलाई सचिवालय बैठकले बिदा गर्ने निर्णय गरेको बताइएको हो ।उहाँहरूले पार्टी कार्यकारी भूमिकाबाट बिदा लिन चाहेकाले राजीनामा स्वीकृत गरिएको बताइएको छ ।



