साउन २५ ,काठमाडौं : नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो।
मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई के विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको हो भन्ने प्रहरीले खुलाएको छैन । शर्माले आफूलाई घरबाटै प्रहरीले पक्राउ गरेको जानकारी कांग्रेस नेताहरूलाई दिएका छन्।
सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका थिए।



