काठमाडौं :नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । विहिबार सुन प्रतितोला १२ सय रुपैयाँले बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो।
बुधबार छापावाला सुन प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको थियो। छापावाला सुन दुई दिनमा ३ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ १ लाख ११ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। यो हालसम्म कै उच्च हो।
यसअघि चैत २२ गते छापावाला सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको थियो। महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ तोकिएको छ। तेजाबी सुन आइतबार प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ कारोबार भएको थियो। आज चाँदी भाउमा पनि उल्लेख्य वृद्धि भएको छ।
हिजो प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ।



