साउन १७,एजेन्सी: चीनको राजधानी बेइजिङमा गत शनिबारदेखि लगातार परेको वर्षाले बाढी र डुबान भएको छ।समाचार संस्था एपीका अनुसार चिनियाँ मौसमविद्हरूले गत शनिबारदेखि बुधबार बिहानसम्म बेइजिङ र आसपासका क्षेत्रमा ७४४.८ मिलिमिटर वर्षा भएको बताएका छन्।
१४० वर्षअघि बेइजिङमा वर्षाको मापन गर्न थालिएको थियो। अहिलेसम्मको रेकर्डमा लगातार पाँच दिनमा यति धेरै पानी कहिल्यै पनि परेको थिएन।
डोक्सुरी टाइफुनका कारण पछिल्ला दिनमा बेइजिङमा भारी वर्षा भएको हो। भारी वर्षा र डुबानका कारण कम्तीका २० जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन्। हजारौं मानिस विस्थापित भएका छन्।



