२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज शहीद दिवस, देशभर विभिन्न कार्यक्रमसहित मनाइँदै

images

  • २०८० माघ १६, मंगलबार
  • 1.0K
    SHARES
  • आज शहीद दिवस, देशभर विभिन्न कार्यक्रमसहित मनाइँदै

    काठमाडौँ : देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदै छ। इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा आज विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने परम्परा छ।

    गत वर्षहरूमा जस्तै यस वर्ष पनि शहीदहरूको योगदानको चर्चा गर्दै यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापी रूपमा दिवस मनाउने कार्यक्रम जारी छ। वि सं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदहरूको सम्झनामा दिवस मनाउन थालिएको हो। देश र जनताका लागि प्राण आहुति दिनुहुने शहीदहरूको विशेष सम्झना गरिने दिनका रूपमा शहीद दिवसलाई लिइन्छ। 

    प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए। 

    यही माघ १६ गते शहीद दिवसका अवसरमा बिहान शान्ति वाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभात फेरी कार्यक्रम आयोजना गरिने जनाइएको छ। प्रधानमन्त्री, मन्त्रिगन, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्च पास टोलीसहितको प्रभात फेरी सहिद स्मारक लैनचौर पुगी ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ। 

    शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको सुनिन्छ। यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरूबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ। पछिल्लो समय स्पष्ट परिभाषा नगरी शहीद घोषणा गरिएको भनी जनस्तरबाट टिप्पणी हुने गरेको छ। यसै बिच नेपालमा पहिलो शहीद लखन थापालाई मानिन्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ