२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

इन्जिनियर पोखरेल बलात्कार आरोपमा पक्राउ

images

  • २०८० साउन १२, शुक्रबार
  • 1.2K
    SHARES
  • इन्जिनियर पोखरेल बलात्कार आरोपमा पक्राउ

    साउन १२, काठमाडौं : मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरि कुमार पोखरेललाई  बलात्कार आरोपमा प्रहरीले  पक्राउ गरेको छ। 


    त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका लागि भन्दै भर्ना भएर बसेको अवस्थामा उनलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले इन्जिनियर पोखरेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए।

    आफ्नो घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप पोखरेलमाथि लागेको छ। ती किशोरीले यसअघि सामाजिक सन्जालमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै भिडियो पोस्ट गरेकी थिइन्। त्यसलगत्तै पोखरेल मुटुको समस्या भएको भन्दै अस्पतालमा भर्ना भएर बसेका थिए। प्रहरीले उनलाई अस्पतालबाटै नियन्त्रणमा लिएको हो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ