२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अनलाइनबाट ऋण लेनदेन गर्न मिल्ने व्यवस्थाको तयारीमा राष्ट्र बैङ्क

images

  • २०८० माघ १५, सोमबार
  • 786
    SHARES
  • अनलाइनबाट ऋण लेनदेन गर्न मिल्ने व्यवस्थाको तयारीमा राष्ट्र बैङ्क

    काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको सहभागिता विना नै ऋण लेनदेन गर्न मिल्ने गरी अनलाइन प्लेटफर्मको तयारी थालेको छ।केन्द्रीय बैङ्कले वित्तीय मध्यस्थतामा लाग्ने खर्च कटौती गर्ने तथा प्रविधिमा आधारित विश्वको पछिल्लो अभ्यासलाई अनुसरण गर्न खोजेको हो।

    २ भन्दा बढी ऋणीले कुनै एक व्यक्तिलाई ऋण दिन सक्ने गरी पियर–टु–पियर अर्थात् पीटुपी प्लेटफर्म सञ्चालन गर्न सकिने राष्ट्र बैङ्कको अध्ययनले देखाएको छ। यस अवधारणा अन्तर्गत व्यक्ति–व्यक्ति अनलाइन प्लेटफर्ममार्फत जोडिने र उनीहरूले त्यसमार्फत ऋण दिने र लिने काम गर्छन्। यसमा लगानी गर्न चाहने र लगानी लिन चाहने बिचको समझदारी भई लेनदेन हुनेछ।

    केन्द्रीय बैङ्कको आर्थिक अनुसन्धान विभागले गरेको अध्ययन अनुसार पहिलो चरणमा साना कर्जा लेनदेन हुने गरी प्लेटफर्मको लाइसेन्स दिन सकिने देखिएको छ। व्यक्तिगत रूपमा ऋण दिन र लिन चाहने दुवै व्यक्तिले यो माध्यममा एकाउन्ट खोल्न सक्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ