२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नाबालिगमाथि बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ

images

  • २०८० साउन १०, बुधबार
  • 696
    SHARES
  • नाबालिगमाथि बलात्कार गरेको आरोपमा एक  पुरूष पक्राउ

    साउन १०,काठमाडौं : काठमाडौंमा नाबालिगमाथि बलात्कार गरेको आरोपमा एक जना पुरूषलाई प्रहरीले  पक्राउ  गरेका छ।  

    मंगलबार दिउँसो प्रहरीले बलात्कार आरोपमा नागार्जुन नगरपालिका-२ पाँचधारा घर भई वडा नम्बर ६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई पक्राउ गरेको हो। 

    उनले १३ वर्षीया नाबालिगलाई नागार्जुन-४ सीतापाइलास्थित पार्किङमा राखेको बसमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ। बसको नम्बर  भने खुलेको छैन। 

    प्रहरीका अनुसार घटना गत असार ३० गते भएको थियो। बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी वृत्त स्वयम्भूको टोलीले महर्जनलाई पक्राउ गरेको हो।  प्रहरीले उनीमाथि म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ