२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा २८ करोड ७१ लाख सङ्कलन

images

  • २०८० माघ १०, बुधबार
  • 1.4K
    SHARES
  • भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा २८ करोड ७१ लाख सङ्कलन

    काठमाडौँ : जाजरकोट केन्द्रबिन्दु भई गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायताका कोषमा हालसम्म रु २८ करोड ७१ लाख ४१ हजार ६ सय ६५ बराबर सङ्कलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सोमबारसम्ममा विभिन्न सङ्घसंस्था तथा व्यक्तिका तर्फबाट सो बराबरको सहयोग रकम जुटेको हो।

    भूकम्पपछिको उद्धार, राहत वितरण तथा पुनः स्थापनाका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोगको घोषणा भएको थियो। उक्त सहयोगलाई एक द्वार प्रणालीबाट सङ्कलन तथा वितरणका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमार्फत सहयोग गर्न सरकारले आग्रह गरेको थियो। राहत वितरण तथा पुनः स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग रकम जम्मा गर्न विभिन्न नौ वटा बैङ्कमा खाता रहेका छन्।

    भूकम्पपीडितलाई राहत तथा पुनः स्थापनाका लागि केही समयअघि मात्र सरकारले रु २ अर्ब बराबर निकासा गर्ने निर्णय गरेको थियो। गत पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले उक्त कोषमा मौज्दात रहेको रकममध्येबाट विपद् व्यवस्थापन कोषलाई रु २ अर्ब उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिनुभयो।

    सहायता कोषमा सबैभन्दा धेरै भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङका तर्फबाट रु १ करोड ११ लाख ११ हजार १ सय ११ बराबर सहयोग जम्मा भएको छ। त्यस्तै, बुद्ध एयर प्रालि, राष्ट्रिय वाणिज्य बैङ्क, ग्लोबल आईएमई बैङ्क लिमिटेड, सूर्य नेपाल प्रालि, नेपाल नागरिक उड्डयन प्राधिकरण, गोर्खा ब्रुअरी प्राइभेट लिमिटेड, युनीलिभर नेपाल लिमिटेड मकवानपुरले समान रु १ करोड बराबर सहयोग गरेका छन्।

    जाजरकोट भूकम्पबाट ठुलो जनधनको क्षति भएको थियो । पीडितलाई राहत तथा पुनः स्थापनाको काम अहिले पनि सञ्चालन भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ