२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

गुल्सन झाको अर्धशतक पुरा, नेपाल पुग्यो जित नजिक 

images

सत्कार खबर
  • २०८० वैशाख १९, मंगलबार
  • 411
    SHARES
  • गुल्सन झाको अर्धशतक पुरा, नेपाल पुग्यो  जित नजिक 


     काठमाडौं: त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र यूएई एसीसी प्रिमियर कपको फाइनल खेलिरहेका छन् । वर्षाले प्रभावित हुँदा सोमबार रोकिएको खेल आज बिहान ९ बजेदेखि सुरु भएको थियो । अहिले एसीसी प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध गुल्सन झाले आफ्नो अर्धशतक पुरा गरेका छन् ।

    आजको खेलमा माथिल्लो क्रममा बढुवा गरिएका झाले दबाबबीच ७५ बलमा अर्धशतक पुरा गरेका हुन् ।उनलाई भीम सार्कीले राम्रो साथ दिइरहेका छन् । सार्की ६४ बलमा ३० रन बनाउँदै खेलिरहेका छन् । ७.६ ओभरमा २२ रनमा ३ विकेट गुमाएको खरब अवस्थाबाट झा र सार्कीले अर्धशतकीय साझेदारी गर्दै टोलीलाई जीतको नजिक डो¥याएका छन् । नेपालको स्कोर एक सय रन पुरा भइसकेको छ ।

    यसअघि कप्तान रोहित पौडेल १ रन बनाएर रोहन मुस्तफाको शिकार बनेका थिए । त्यस्तै सातौँ ओभरमा आशिफ शेख ८ रन बनाएर आउट भएका थिए । आयाल अफजल खानको बलमा उनी एल्बीडब्लू आउट भए । दोस्रो ओभरमा नै कुशल भुर्तेल १ रन बनाएर मुस्तफाकै बलमा आउट भएका थिए  ।

    पहिलो ब्याटिङ गरेको यूएईले नेपाल सामु ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ । सोमबार यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । मंगलबार ‘रिजर्भ डे’ को खेलमा ११ रन थप बनाउँदै यूएई ३३.१ ओभरमा अलआउट हुन पुग्यो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ