काठमाडौँ : प्रभु बैङ्कले आ.व. २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको माघ ८ गते सम्पन्न सञ्चालक समितिको बैठकले आ.व. २०७९/८० मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैङ्कमा पठाउने निर्णय गरेको हो।
त्यस्तै, बैङ्कले कम्पनीको वासलात, नाफा नोक्सान, हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरू अनुमोदनको लागि नेपाल राष्ट्र बैङ्कमा पेस गर्ने छ। उक्त विवरणहरू स्वीकृत भएपछि बैङ्कको साधारण सभाले पारित गर्ने छ।



