२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मुक्तिनाथ विकास बैङ्कको नाफा घट्यो, खराब कर्जा बढ्यो

images

  • २०८० माघ ७, आइतबार
  • 566
    SHARES
  • मुक्तिनाथ विकास बैङ्कको नाफा घट्यो, खराब कर्जा बढ्यो

    काठमाडौँ : मुक्तिनाथ विकास बैङ्कको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा खुद नाफा ३२.९३ प्रतिशतले घटेर ४२ करोड १७ हजार रुपैयाँ आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैङ्कले ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ खुद नाफा गरेको थियो।

    सञ्चालन नाफा पनि ३१.०४ प्रतिशतले घटेर ६१ करोड ६९ लाख ६६ हजार रुपैयाँमा आएको छ। खुद ब्याज आम्दानी भने २.१२ प्रतिशतले बढेर २ अर्ब ८ करोड ७७ लाख ९६ हजार रुपैयाँ पुगेको छ। यता, नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ। प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८५ पैसाले घटेर ११ रुपैयाँ ९२ पैसामा सीमित भएको छ। 

    एक वर्षको अवधिमा खराब कर्जासँगै इम्पेयरमेन्ट चार्ज बढेकाले खुद नाफा प्रभावित भएको हो। खराब कर्जा १.५३ प्रतिशतले बढेर २.५१ प्रतिशत पुगेको छ। गत वर्ष ४४ करोड १७ लाख ४५ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ७८ करोड ६३ लाख २२ हजार रुपैयाँ पुगेको छ। 

    पुस मसान्तसम्म आइपुग्दा मुक्तिनाथ विकास बैङ्कको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँ छ। वितरणयोग्य नाफा ३१ करोड ७२ लाख १३ हजार रुपैयाँ ऋणात्मक छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ