२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
उपत्यकामा मेलम्चीको पानी वितरण

काठमाडौँमा आजदेखि मेलम्चीको पानी पुनः वितरण गरिँदै

images

  • २०८० माघ १, सोमबार
  • 1.2K
    SHARES
  • काठमाडौँमा आजदेखि मेलम्चीको पानी पुनः वितरण गरिँदै

    काठमाडौँ : आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु हुँदै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्ने कार्यक्रम छ। अनामनगर, मीन भवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिक रूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिनुभयो।

    सिन्धुपाल्चोकको अम्बा थानबाट बुधवार देखी सुरुङमा छाडिएको पानी सुन्दरी जल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिक रूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गरिने उहाँले बताउनुभयो। प्रधानमन्त्री दाहालले मेलम्चीको पानी राजधानी ल्याउने व्यवस्था मिलाउन खानेपानीमन्त्री महेन्द्र राय यादवलाई निर्देशन दिनु भएको थियो। प्रधानमन्त्रीको निर्देशनपछि खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजना मर्मत गरी पानी ल्याउन पहल गरेको हो। 

    बाढी तथा पहिराका कारण अवरुद्ध भएको मेलम्चीको पानी पुनः काठमाडौँ ल्याइएको हो। गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबिच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएको थियो। कूल २८ दिनको कार्य योजनासहित पानी पथान्तरण सुरु गरिए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरी जलमा पानी पथान्तरण गरिएको थियो। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ ल्याइँदै छ। 

    विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोपछि आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त बनेको थियो। त्यसयता मेलम्चीको पानी काठमाडौँमा नियमित रूपमा वितरण गर्न सकिएको थिएन। मेलम्चीको पानी नियमितरुपमा काठमाडौँ ल्याउन सरकारले प्रयास जारी राखेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ