२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

विद्युत् प्राधिकरण ६० अर्ब बराबरको आइपीओ बिक्री गर्दै

images

  • २०८० पुस २८, शनिबार
  • 1.0K
    SHARES
  • विद्युत् प्राधिकरण ६० अर्ब बराबरको आइपीओ बिक्री गर्दै

    काठमाडौँ : सार्वजनिक संस्थानहरूमध्ये पछिल्ला दिनमा आर्थिक रूपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ। शेयर बिक्रीका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गरिसकेको छ। अर्थको सहमतिपछि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने तयारी गरेको छ।

    प्राधिकरण सञ्चालक समितिको गएको मङ्सिर २५ गते बसेको बैठकले अर्थ मन्त्रालयबाट अधिकृत पुँजी तीन खर्ब रुपैयाँ कायम गर्न सहमति भएकाले ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्समक्ष स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरेको छ। खुद सम्पत्ति अर्थात् नेटवर्थको दुई गुणासम्म प्रतिशेयर मूल्य कायम गरी प्रिमियम मूल्यमा प्रस्तावित अधिकृत पुँजीको १० प्रतिशतसम्म सर्वसाधारणलाई शेयर जारी गर्न ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय भएको छ। 

    प्राधिकरणको आइपिओ किन्न चाहने सर्वसाधारणले प्रतिकित्ता २५० रुपैयाँ खर्च गर्नुपर्नेछ। प्राधिकरणको अहिले अधिकृत पुँजी एक खर्ब २५ अर्ब रुपैयाँ रुपैयाँ बराबर छ। सर्वसाधारणलाई शेयर जारी गरी प्राप्त हुने रकम दीर्घकालीन लगानीका रूपमा जलाशययुक्त आयोजना निर्माण, प्रसारण तथा वितरण लाइनको विस्तार तथा सुदृढीकरण कार्यमा उपयोग गरिने प्राधिकरणले जनाएको छ।

    प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस क्रेडिट रेटिङ’ पाएको छ। डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै बहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ। डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ। प्राधिकरणले गएको आर्थिक वर्ष २०७९/८० मा  १२ अर्ब ३३ करोड रुपैयाँको खुद नाफाको प्रक्षेपण गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ