नेपालले एसिसी प्रिमियर कपको फाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । यस खेलको विजेता टोलीले आगमी सेप्टेम्बरमा घरेलु टोली पाकिस्तान र भारतसँग खेल्न पाउनेछ।
काठमाडौं ( सत्कार खबर ) – नेपालले एसिसी प्रिमियर कपको फाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । यस खेलको विजेता टोलीले आगमी सेप्टेम्बरमा घरेलु टोली पाकिस्तान र भारतसँग खेल्न पाउनेछ।
नेपाल समूह ए को विजेता हुँदै फाइनलमा स्थान पक्का गरेको हो । कुवेतसँगको सेमिफाइनल खेल वर्षाको कारण नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको थियो । उता युएईले सेमिफाइनलमा ओमानलाई दुई रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । अन्तिम बलमा विकेट लिदै रोमान्चक रुपमा फाइनलमा पुगेको थियो ।
एसोसिएट यी दुई चर्चित टोलीबीच भारत र पाकिस्तानसँग खेल्न कडा प्रतिस्पर्धा हुनेछ । नेपाल घरेलु मैदान, कन्डिसन, दर्शक र पछिल्लो समयको लयलाई निरन्तरता दिँदै एसिया कपमा पुग्न चाहन्छ । युएई विष्फोटक ब्याटिङलाई निरन्तरता दिँदै नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्न खोज्नेछ ।
तर आज फाइनल खेल वर्षाले प्रभावित हुने उच्च सम्भावना छ । आज काठमाडौंमा भारी वर्षाको सम्भावना छ । वर्षा भएमा खेल जहाँ रोकिएको छ अर्को दिन त्यहिँबाट नै सुरुहुनेछ । यदि मंगलबार खेलको नतिजा आउन नसकेमा सुपर ओभर खेलाउन प्रयास गरिनेछ ।
सुपर ओभर टाई भएमा अर्को सुपर ओभर हुनेछ । तर सुपर ओभर पनि हुन सक्ने अवस्था नभएमा नेपाल आइसिसी वरियताको कारण एसिया कपमा पुग्नेछ । नेपालको ओडिआई वरियता १४ औं र युएईको १९ औं छ ।
हेड टु हेड :
ओडिआईमा नेपाल र युएईबीच १३ खेल भएका छन् । नेपाल ७ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । पछिल्ला पाँच खेलमा नेपाल चार खेलमा विजयी भएको छ ।
मौसम :
काठमाडौंमा आज विहान देखीनै भारी वर्षाको सम्भावना छ । त्यसैले खेल प्रभावित हुने सम्भावना प्रबल रहेको छ ।
सूचना विभाग दर्ता नं : ४०६१/७९/८०
तारकेश्वर, काठमाडौँ
सम्पर्क : 01-5912805/4975805
समाचार इमेल : satkarkhabar@gmail.com
इमेल : mkt.satkarkhabar@gmail.com