२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल पुनर्बिमा कम्पनीद्वारा चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ५९ पैसा

images

  • २०८० पुस २७, शुक्रबार
  • 1.1K
    SHARES
  • नेपाल पुनर्बिमा कम्पनीद्वारा चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ५९ पैसा

    काठमाडौँ : नेपाल पुनर्बिमा चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमास (चैत) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो। कम्पनीले चौथो निर्जीवन बिमा व्यवसायतर्फ १ करोड २० लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने जीवन बिमातर्फ १७ करोड ६६ लाख ४७ हजार लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

    गत वर्ष असार मसान्तसम्म यस कम्पनीले निर्जीवन व्यवसायबाट ५ अर्ब ५० करोड ९६ लाख ५० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको यस अवधिमा कम्पनीले ८ अर्ब ८७ करोड ६७ लाख ७१ हजार रुपैयाँ निर्जीवन व्यवसायबाट खुद बिमा शुल्क आर्जन गरेको थियो। 

    त्यस्तै, गत वर्षको चौथो त्रैमाससम्ममा जीवन बिमा व्यवसायबाट २ अर्ब १ करोड ३० लाख ४७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको यस अवधिमा जीवन बिमा व्यवसायबाट १ अर्ब ८८ करोड ९८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो। निर्जीवन बिमा कोषको आकार ३ अर्ब ४७ करोड ६९ लाख २९ हजार रुपैयाँ रहेको छ। जीवन बिमा कोषको विवरण भने रिपोर्टमा उल्लेख छैन। कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ८ रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ५९ पैसा रहेको छ।

    कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। गत वर्षको असार मसान्तसम्म यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ३ अर्ब ४३ करोड ६१ लाख १७ हजार रुपैयाँ र जीवन बिमातर्फ ७१ करोड १९ लाख ८४ हजार रुपैयाँ जम्मा भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ