२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सरकारले ग¥यो दुई सरकारी बैकको मर्जरको लागि कार्यदल गठन

images

सत्कार खबर
  • २०८० वैशाख १७, आइतबार
  • 1.1K
    SHARES
  • सरकारले ग¥यो दुई सरकारी बैकको मर्जरको लागि कार्यदल गठन

     काठमाडौं : दुई सरकारी वाणिज्य बैंक मर्जरको सम्बन्धमा कार्यदल गठन भएको छ। अर्थ मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंक र बीच नेपाल बैंक लिमिटेडबीच मर्जर अध्ययन गर्न कार्यदल गठन गरेको छ।

    पछिल्लो समय निजी क्षेत्रको बैंककै अधिकतम चुक्ता पुँजी ३५ अर्ब हाराहारीमा पुग्न थालेपछि सरकारी बैंकबीच पनि मर्जरको तयारी सुरु भएको हो । राष्ट्रिय वाणिज्य बैंकको साधारणसभामा सार्वजनिक रुपमा मर्जरको विषयमा बोलेका थिए।

    नेपाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ ,भने राष्ट्रिय वाणिज्य बैंकको १५ अर्ब ६३ करोड रहेको छ । चैत मसान्तसम्ममा नेपाल बैंकले २२९ अर्ब र राष्ट्रिय वाणिज्य बैंकले ३०२ अर्ब निक्षेप संकलन गर्न सफल भएको छ । चैत मसान्तसम्ममा नेपाल बैंकले १७३ अर्ब रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकले २२५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    नेपाल बैंकको खराब कर्जा भने ४.१६ प्रतिशत रहेको छ, भने राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ३.८८ प्रतिशत रहेको छ। गत वर्षको तुलनामा दुबै बैंकको खराब कर्जा बढेर कर्जा नोक्सानी बढ्दा दुबै बैंकको नाफा खुम्चिएको हो। चालू आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा नेपाल बैंकले १ अर्ब ७८ करोड २३ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ