२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
सेयर बजार

९.५० अङ्कले बढ्यो नेप्से, करिब ५ अर्ब १३ करोड कारोबार?

images

  • २०८० पुस २५, बुधबार
  • 1.1K
    SHARES
  • ९.५० अङ्कले बढ्यो नेप्से, करिब ५ अर्ब १३ करोड कारोबार?

    गत सोमबारदेखि उकालो लागेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    काठमाडौँ : साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ९.५० अङ्क बढेर २०८९.६२ विन्दुमा भएको छ। त्यसै गरी, आज सेन्सेटिभ इन्डेक्स ३.४० अङ्क बढेको छ भने फ्लोट इन्डेक्स ०.५८ अङ्क तथा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९९ अङ्क बढेको छ।

    आज ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ जसमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, हिमालयन रि इन्स्योरेन्स, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ्ग कम्पनी रहेका छन्। त्यसै गरी, आज अन्य २ स्टकको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सर्वाधिक ५.९५ प्रतिशत घटेको छ।

    नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ। आज ११८ कम्पनीको मूल्य बढेको छ भने ११८ कम्पनीको मूल्य घटेको छ तथा बाँकी ११ कम्पनीको मूल्य स्थिर रहेको छ। अघिल्लो कारोबार दिन ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज ३०१ स्टकको ९२ हजार ६०२ पटकको कारोबारमा ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ बराबरको १ करोड ३४ लाख ७७ हजार कित्ता शेयर कारोबार भएको छ।

    १३ उपसमूहमध्ये आज  ७ उपसमूहको परिसूचक घटेको छ भने ६ उपसमूहको परिसूचक बढेको छ तथा अन्य उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत बढेको छ। त्यसै गरी, आज बैंकिङ्ग, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

    कारोबार रकमका आधारमा आज पनि सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड शीर्ष स्थानमा ३२ करोड ७८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसै गरी, आज रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको करिब २९ करोडको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको पनि साढे १५ करोड बढीको कारोबार भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ