२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पुस २५ गतेदेखि आइपीओ निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट, क-कसले दिन पाउँछन् आवेदन ?

images

  • २०८० पुस १७, मंगलबार
  • 1.2K
    SHARES
  • पुस २५ गतेदेखि आइपीओ निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट, क-कसले दिन पाउँछन् आवेदन ?

    काठमाडौँ : सर्वोत्तम सिमेन्ट लिमिटेडले उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई पुस २५ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख ६७ हजार कित्ता शेयर निष्कासन गर्ने भएको हो। 


    कम्पनीले उद्योग प्रभावित क्षेत्र नवरपारासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनदेवी छहरा गाउँपालिका वडा नं १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथा गढी गाउँपालिकाको वडा नं ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि ९ लाख ३० हजार कित्ता निष्कासन गर्न लागेको हो।


    त्यसै गरी, कम्पनीले २ लाख ६७ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो। सर्वसाधारणलाई कम्पनीको आइपिओ मूल्य प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा पर्ने भएको छ। बुक बिल्डिङ पद्दतीमार्फत सर्वसाधारणलाई पहिलो पटक खुल्न लागेको यो आईपीओमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्छ। अरू कम्पनीको प्राथमिक सेयरमा १० कित्ता आवेदन दिन सकिने भएता पनि कम्पनीको आईपीओमा भने ५० कित्ताभन्दा कम आवेदन दिन पाइने छैन। अब उक्त आइपीओ प्रप्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले ५० कित्ताका लागि आवेदन दिन १८ हजार ४५ रुपैयाँ जोहो गर्नु पर्ने हुन्छ।

    सुरुवाती समयमा बुक बिल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्ताले बोलकबोलमार्फत सेयर पाएको भएता पनि त्यसपछिको प्रक्रिया भने नियमित सेयर निष्कासन झैँ नै हुने छ। अब कम्पनीले सबैभन्दा पहिला स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई सेयर निष्कासन गर्ने छ। त्यसपछि मात्र कम्पनीले सर्वसाधारणलाई आइपिओ निष्कासन गर्नेछ।  यसमा बिक्री प्रबन्धकको काम भने ग्लोबल आइएमई क्यापिटलले गरेको छ।

    बुक बिल्डिङ निर्देशिका अनुसार संस्थालाई ‘कटअफ’ मूल्य निर्धारण भइसकेपछि सोको १० प्रतिशत मूल्य घटाएर मात्रै सर्वसाधारणलाई सेयर जारी हुन्छ । कटअफ मूल्य ४०१ रुपैयाँ हुँदा त्यसको १० प्रतिशत अर्थात् प्रतिकित्ता ४० रुपैयाँ १० पैसा कममा सर्वसाधारणलाई जारी गरिनुपर्ने व्यवस्था छ। यसअनुरूप सर्वसाधारणलाई ३६० रुपैयाँ ९० पैसा पर्ने भएको हो ।

    सर्वोत्तमले जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९ प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता सेयर जारी गर्न लागेको हो। जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर पहिले योग्य संस्थागत लगानीकर्तालाई प्रदान हुनेछ भने बाँकी ६० प्रतिशत अर्थात् ३६ लाख कित्ता सेयर सर्वसाधारणलाई जारी हुनेछ।

    कस्तो छ कम्पनी ?

    नवलपरासीको सुनवल नगरपालिकामा सर्वोत्तम सिमेन्ट उद्योग सञ्चालनमा छ। दैनिक ३ हजार टन सिमेन्ट र ३ हजार टन क्लिंकर उत्पादन क्षमताको उद्योग रहेको कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ। पाल्पाको तिनाउ तथा निस्दी गाउँपालिकामा कम्पनीले चुनढुङ्गा खानीको अनुमति लिएको छ। यसका सहायक कम्पनीहरू सर्वोत्तम होल्डिङ्स र सर्वोत्तम इन्भेस्टमेन्ट कम्पनी सञ्चालनमा छन् ।

    अर्थतन्त्रमा देखिएको शिथिलताले गर्दा निर्माण क्षेत्रमा परेको असरले सर्वोत्तम सिमेन्टको पनि बिक्री आम्दानी खस्केको छ। गत असार मसान्तसम्मको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्क १८५ रुपैयाँ १९ पैसा छ भने प्रतिसेयर आम्दानी ५ रुपैयाँ १३ पैसा छ । सो अवधिसम्म कम्पनीको जगेडा कोष तीन अर्ब ४५ करोड रुपैयाँ बराबर छ।

    आर्थिक वर्ष २०७७/७८ मा ८ अर्ब ९३ करोड ७८ लाख पुगेको कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०७८/७९ मा ७ अर्ब ८८ करोड १५ लाखमा झरेको थियो। गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी पाँच अर्ब ३८ करोड ३ लाखमा झरेको छ। सञ्चालन आम्दानीमा कमी आउँदा कम्पनीको नाफा प्रभावित बन्दै गएको छ। आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीले २०७८/७९ मा ४६ करोड ७६ लाख र २०७९/८० मा २० करोड ७५ लाख मात्रै खुद नाफा कमाएको छ।

    कम्पनी समयमा नै वित्तीय दायित्व वहन गर्न मध्यम स्तरको क्षमतामा रहेको जनाउँछ। इक्राले सबैभन्दा सुरक्षित कम्पनीलाई ट्रिपल ए रेटिङ प्रदान गर्दछ भने कमजोर स्तरको कम्पनीलाई डी रेटिङ प्रदान गर्दछ। २०७९/८० को अपरिष्कृत वित्तीय विवरण अनुसार असार मसान्तसम्म कम्पनीको दीर्घकालीन ऋणसहितको दायित्व ६५ करोड ५४ लाख रुपैयाँ छ ।

    कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ३ वर्ष ९ महिना रहेको र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ४ वर्ष ७ महिना प्रक्षेपण छ। इक्रा नेपालले कम्पनीलाई ट्रिपल बी रेटिङ प्रदान गरेको छ। चालु पुँजी प्रकृतिको दायित्व ३ अर्ब ३५ करोड रुपैयाँसहित कुल चालु दायित्व ५ अर्ब ११ करोड रुपैयाँ रहेको विवरण पत्रमा उल्लेख छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ