२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बजारमा अधिक तरलता कायमै, आज १० अर्ब खिच्दै राष्ट्र बैङ्क

images

  • २०८० पुस १७, मंगलबार
  • 1.1K
    SHARES
  • बजारमा अधिक तरलता कायमै, आज १० अर्ब खिच्दै राष्ट्र बैङ्क

    काठमाडौँ  : नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट पुनः १० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ। बैङ्किङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैङ्कले २ दिन गरी ५० अर्ब निक्षेप सङ्कलन गरेको थियो। राष्ट्र बैङ्कले आज मङ्गलवार निक्षेप सङ्कलन बोलकबोल गरेर १० अर्ब फिर्ता लैजान लागेको हो। राष्ट्र बैङ्कले ७ दिनको लागि बजारबाट १० अर्ब खिच्नको लागि  निक्षेप सङ्कलन बोलकबोल गर्ने भएको हो ।

    २०८० पुस २४ गते राष्ट्र बैङ्कले यसको सावाँ तथा ब्याज फिर्ता गर्ने छ। यस बोलकबोलमा बैङ्क तथा वित्तीय संस्थाहरूले घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मको लागि आवेदन दिन सक्ने छन्।

    यस अघि राष्ट्र बैङ्कले पुस १ र ३ गते १०/१० अर्ब तथा पुस ४ र ६ गते २५/२५ अर्ब र पुस १० गते ३५ अर्ब तथा पुस ११ गते १५ अर्ब निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै बैङ्किङ प्रणालीबाट तानेको थियो। गत मङ्सिर महिनामा भने राष्ट्र बैङ्कले ८ पटक गरी बैङ्किङ प्रणालीबाट १ खर्ब २५ अर्ब रुपैयाँ तानेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ