काठमाडौं :-सन्दीप लामिछानेको घातक बलिङ र उत्कृष्ट ब्याटिङको मद्दतले नेपाललेको जीत भएको छ । कीर्तिपुरमा भएको एसीसी प्रिमियर कप खेलमा नेपालले कतारलाई ६८ रनले पराजीत गरेको छ।
सन्दीपले पाँच विकेट लिएपछि कतार ८९ रनमा अलआउट हुन पुगेको हो । जीतसँगै नेपाल समूह ,"ए" को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले जीतका लागि १ सय ५८ रनको लक्ष्य दिएको थियो ।
तर, कतारले २५.१ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो । सन्दीपले ९.१ ओभर बलिङ गर्दै मात्र १४ रन खर्चेर ५ विकेट ,सोमपाल कामीले तीन तथा ललित राजवंशीले दुई विकेट लिएका थिए ।



