२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

प्राधिकरणद्वारा बागलुङका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार, आगामी एक महिना भित्रमा बत्ती बाल्न

images

  • २०८० पुस १५, आइतबार
  • 1.0K
    SHARES
  • प्राधिकरणद्वारा बागलुङका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार, आगामी एक महिना भित्रमा बत्ती बाल्न

    बागलुङ : नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार थालेको छ। ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारी चौरसम्म लाइन विस्तार गरी गत माघदेखि विद्युत् सेवा सुरु गरे पनि बोबाङ हुँदै ढोरपाटनसम्म प्रसारण लाइन विस्तार हुन सकेको थिएन। 


    अहिले बोबाङ, फल्लेखर हुँदै ढोरपाटन देउरालीसम्म पोल गाड्ने र तार टाँग्ने काम भई रहेको छ। तमानखोलामा पनि गत वर्ष देखिनै पोल गाड्न थालिए पनि अहिलेसम्म बिजुली बलेको छैन। अहिले तार विस्तार गर्ने कार्य भइरहेको छ। निसीखोला क्षेत्रमा पनि बुर्तिबाङ बजारदेखि पोल गाड्ने र तार तान्ने काम तीव्र गतिमा भइरहेको छ।


     जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएका पालिकाहरूमा केही वर्ष अगाडि नै केन्द्रीय लाइन पुगे पनि पश्चिम बागलुङका धेरै पालिकामा पुग्न सकेको थिएन। विद्युत् प्राधिकरणले गत वर्ष देखिनै केन्द्रीय लाइन नपुगेका ठाउँलाई प्राथमिकतामा राखेर काम जारी राखेको छ। गाउँ–गाउँमा विद्युत्का विस्तार हुन थालेपछि स्थानीय हर्षित भएका छन्। 


     नेपाल विद्युत् प्राधिकरणले यस वर्ष निसीखोला, तमानखोला र ढोरपाटनमा केन्द्रीय लाइन बाल्ने गरी काम गरी रहेको छ। पश्चिम बागलुङका लागि गलकोटमा सबस्टेशन निर्माण भएको छ भने बुर्तिबाङमा पनि १३२ किलो भोल्टको सबस्टेशन निर्माण भई रहको छ। यस वर्ष नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन उपत्यकासम्म केन्द्रीय लाइन पुर्‍याउने गरी काम भईरहको नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाका प्रमुख पवन पौडेलले राससलाई बताउनुभयो। 

    आगामी एक महिना भित्रमा बत्ती बाल्ने गरी काम भइरहेको उहाँले बताउनुभयो। ढोरपाटन उपत्यका, निसीखोलाको देवी स्थान र तमानखोलाको बोङ्गादोभानमा चाँडै केन्द्रीय लाइन सञ्चालन हुने पौडेलले बताउनुभयो। अघिल्लो आर्थिक वर्षमा विनियोजन भएको रु १४ करोडबाट प्रसारण लाइन विस्तार गरिएको हो।  

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ