२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बालकुमारी घटनाबारे प्रधानमन्त्रीलाई गृहमन्त्रीको ‘ब्रिफिङ’

images

  • २०८० पुस १४, शनिबार
  • 916
    SHARES
  • बालकुमारी घटनाबारे प्रधानमन्त्रीलाई गृहमन्त्रीको ‘ब्रिफिङ’

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रवार ललितपुरको बालकुमारीमा भएको भौतिक र मानवीय क्षतिका घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीसँग ‘ब्रिफिङ’ लिनुभएको छ।
     
    प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतसँग घटनाबारे जानकारी लिनुभएको हो।

    प्रधानमन्त्री दाहाललाई उहाँहरूले घटनाका सम्बन्धमा जानकारी गराउँदै उक्त घटनाको सत्य तथ्य पत्ता लगाउन छानबिन समितिसमेत गठन गरिएको बताउनुभएको थियो। प्रधानमन्त्री दाहालले घटना दुःखद भएको उल्लेख गर्दै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिनुभएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ