२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

काठमाडौँका यी ठाउँमा आज ४ घण्टा विद्युत् सेवा अवरुद्ध हुने

images

  • २०८० पुस १४, शनिबार
  • 1.7K
    SHARES
  • काठमाडौँका यी ठाउँमा आज ४ घण्टा विद्युत् सेवा अवरुद्ध हुने

    काठमाडौँ : आज काठमाडौँको विभिन्न स्थानमा चार घण्टादेखि साढे ४ घण्टासम्म विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म साँखु फिडर अन्तर्गत पर्ने माया पाटी, ब्रम्हखेल, इन्द्रेनी, साँखु, जहरसिंह पौवा, नांगलेभरे क्षेत्रमा  विद्युत् अवरुद्ध हुनेछ।

    ११ केभी मुलपानी सब-स्टेसन मर्मतका लागि साँखु फिडर सटडाउ गर्नु पर्ने भएकाले ती क्षेत्रमा आज ४ घण्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। त्यस्तै, लाजिम्पाट, पानी पोखरी र बालुवाटार क्षेत्रमा आज बिहान साढे ९ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार लाजिम्पाट फिडर अन्तर्गत पर्ने ती क्षेत्रहरूमा विद्युत् भूमिगतको काम गर्नुपर्ने भएकाले साढे ४ घण्टा विद्युत् अवरुद्ध हुनेछ। काम निर्धारित समयअघि नै सकिए विद्युत् लाइन सुरु हुने प्राधिकरणले जानकारी दिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ