काठमाडौँ : जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद शेयर ल्याउने प्रक्रिया अगाडि बढाएको छ। जोशी हाइड्रोपावरले नेपाल धितो पत्र बोर्डमा हकप्रद शेयर ल्याउन अनुमति माग्दै निवेदन दिएको हो।
कम्पनीले चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँको १: ०.६५ अनुपातमा अर्थात् ६५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अङ्कित दरका कुल २४ लाख १४ हजार १०० कित्ता हकप्रद आफ्ना सेयर धनीहरूका लागि जारी गर्नेछ।
यसै गरी कम्पनी हकप्रद सेयरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ।



