२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
दुर्घटना

रुकुमपश्चिममा ट्रयाक्टर दुर्घटना : श्रीमान्, श्रीमतीसहित ५ जनाको मृत्यु, ९ घाइते 

images

  • २०८० पुस ५, बिहीबार
  • 1.0K
    SHARES
  • रुकुमपश्चिममा ट्रयाक्टर दुर्घटना : श्रीमान्, श्रीमतीसहित ५ जनाको मृत्यु, ९ घाइते 

    जाजरकोट : रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको  वडा नं १० परिकोटको भित्री सडकस्थित च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। आठबीसकोट–८ स्थित घर्तीगाउँ जाँदै गरेको रा १ द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो। ट्रयाक्टरमा भूकम्पपीडितका लागि अस्थायी टहरा निर्माण गर्न जस्तापाता रहेको जनाइएको छ। 

    दुर्घटनामा परी आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया चुकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिनुभयो। यस्तै, दुर्घटनामा आठबीसकोट–१० स्थित डाँडा भन्ने स्थानका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटले निकालेको विज्ञप्तिमा जनाइएको छ। 

    विज्ञप्तिका अनुसार सो दुर्घटना गए राति करिब १०ः१५ बजे भएको कार्यालयले जनाएको छ। विज्ञप्तिका अनुसार सो दुर्घटनामा अन्य नौजना घाइते भएका छन्। घाइते हुनेमा आठबीसकोट–८ का ४१ वर्षीय खड्कबहादुर पुन, आठबीसकोट–१० का ३८ वर्षीय रमेश सार्की, आठबीसकोट–८ का १४ वर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन छन्। घाइतेहरुको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उक्त ट्रयाक्टरका चालक आठबीसकोट–९ का २१ वर्षीय गोपाल विक फरार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ