काठमाडौं : नेप्सेमा भिजन लुम्बिनी उर्जा कम्पनी,चिरख्वा हाइड्रोपावर लिमिटेड र नेपाल वेयरहाउजिङ्ग कम्पनी आइपिओ सुचीकृत भएको छ। बुधबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र तीन कम्पनीबीच फरक-फरक साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको थियो। शेयर सुचिकृत भएसंगै आजदेखि तीनबाट कम्पनीको शेयर कारोबार गर्न सकिने छ। आजको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ।
भिजन लुम्बिनी उर्जा कम्पनी :
नेप्सेले भिजन लुम्बिनी उर्जा कम्पनीको प्रारम्भिक कारोबारका लागि १२१.७८ रुपैयाँ देखि ३७५.३४ रुपैयाँ रेञ्ज तोकेको छ। कम्पनीको कर्मचारीसहित सर्वसाधारणमा वितरण गरिएको ३८ लाख २५ हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको १ करोड ५३ लाख कित्ता गरी कुल १ करोड ९१ लाख २५ हजार कित्ता साधारण शेयर सूचीकरण गरिएको हो। कम्पनीले सर्वसाधारण समक्ष मुक्तिनाथ क्यापिटल लिमिटेड मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो। कम्पनीको सेयर VLUCL संकेतबाट दोस्रो बजारमा कारोबार हुनेछ।
चिरख्वा हाइड्रोपावर लिमिटेड :
नेप्सेले चिरख्वा हाइड्रोपावर लिमिटेडको प्रारम्भिक कारोबारका लागि १००.०१ रुपैयाँ देखि ३००.०३ रुपैयाँ रेञ्ज तोकेको छ। कम्पनीको कर्मचारीसहित सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा वितरण गरिएको १२ लाख कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको २८ लाख कित्ता गरी कुल ४० लाख कित्ता साधारण शेयर सूचीकरण गरिएको हो। कम्पनीले सर्वसाधारण समक्ष आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो। कम्पनीको सेयर CKHL संकेतबाट दोस्रो बजारमा कारोबार हुनेछ।
नेपाल वेयरहाउजिङ्ग कम्पनी :
नेप्सेले नेपाल वेयरहाउजिङ्ग कम्पनीको प्रारम्भिक कारोबारका लागि ९३.०४ रुपैयाँ देखि २७९.१२ रुपैयाँ रेञ्ज तोकेको छ। कम्पनीको कर्मचारीसहित सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा वितरण गरिएको १३ लाख ७५ हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५५ लाख कित्ता गरी कुल ६८ लाख ७५ हजार कित्ता साधारण शेयर सूचीकरण गरिएको हो। कम्पनीले सर्वसाधारण समक्ष हिमालयन क्यापिटल लिमिटेड मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो। कम्पनीको सेयर NWCL संकेतबाट दोस्रो बजारमा कारोबार हुनेछ।



