२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
आगलागी

विद्युत् ‘सर्ट’ हुँदा फैलिएको आगोबाट डडेल्धुरामा करिब ३ करोडको क्षति

images

  • २०८० पुस १, आइतबार
  • 681
    SHARES
  • विद्युत् ‘सर्ट’ हुँदा फैलिएको आगोबाट डडेल्धुरामा करिब ३ करोडको क्षति

    डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारमा रहेको सुलभ फेन्सी स्टोरमा गएराति आगलागी हुँदा रु २ करोड ८६ लाख बराबरको क्षति भएको छ। स्टोरमा सल्केको आगो अन्य ३ वटा पसलमा फैलिएको थियो। 

    विद्युत् ‘सर्ट’ हुँदा फैलिएको आगोबाट सुलभ फेन्सीको रु १ करोड २० लाख, कैलपाल मेडिकलको रु ८० लाख र शिशिर फेन्सीका रु ८० लाख बराबरको सामान नष्ट भएको प्रहरीले जानकारी दिनुभयो।

    अमरगढी नगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयले करिब १ घन्टापछि आगो नियन्त्रणमा लिएका थिए। सदरमुकामा यस किसिमका आगलागीका घटना भइरहन्छन्। हालसम्म सदरमुकाम बागबजारमा मात्रै तीनपटक आगलागी भएको छ।

    यसैबीच, धनकुटा नगरपालिका–५ कर्मिटार बस्ने विश्वबन्धु थापाको गोठ र सोही स्थानका काजीनारायण खड्काको घरमा आज आगलागी हुँदा रु ११ लाख बराबरको धनमाल नष्ट भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दा र धनकुटा नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ