काठमाडौँ : अन्तिम कारोबार दिन आज शुक्रबार सुनको मूल्य सामान्य बढेको छ। हिजी प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज पुन ३ सय रुपैयाँले बढेको हो।
हिजी बिहीबार प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख १८ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ भने हिजो बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको थियो।
त्यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले बढेर आज प्रतितोला १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ भने गत शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको थियो।



