२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
दुर्घटना

तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते

images

  • २०८० मंसिर २९, शुक्रबार
  • 1.2K
    SHARES
  • तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते

    जकपुरधाम : धनुषामा ३ जना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा २ जनाको मृत्यु र एकजना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार २ जनाको घटनास्थलमै मृत्यु भएको थियो। तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।

    आज बिहान करिब ३ बजेको समयमा जनकपुरधामबाट ढल्केबर तर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोरसाइकल लक्ष्मीनियाँ गाउँपालिका ४ सपही स्थित पुलभन्दा ५० मिटर उत्तरतिर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जानकारी दिनुभयो।

    मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका ८ का भरत सहनी र विदेह नगरपालिका १ का जय कुमार सहनी तथा जनकपुरधाम उप-महानगरपालिका १२ का शत्रुधन सहनी गम्भीर घाइते छन्। सहनीको यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौंको न्यूरो अस्पताल लगिएको प्रहरीले जानकारी दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ