२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सामान्य बढेर बन्द भयो नेप्से

images

सत्कार खबर
  • २०७९ माघ १८, बुधबार
  • 1.4K
    SHARES
  • सामान्य बढेर बन्द भयो नेप्से
    nepse index feb.1.2023.JPG
    undefined

    १८ माघ, काठमाडौं । दिनभरको उतारचढावपछि सेयर बजार सामान्य बढेर बन्द भएको छ । बुधबार ४.९७ अंकले बढेको बजार २११६.६५ बिन्दुमा रोकिएको छ ।
    शून्य दशमलव २४ प्रतिशतले बढेको बजारमा २६१ धितोपत्रको ३६ हजार ८७९ वटा कारोबारबाट ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने खस्किएको छ । कुल १ अर्ब ७६ करोड ७० लाख रुपैयाँको मात्र कारोबार भएको छ ।
    इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ उपसूचक राताम्य देखिए । त्यसबाहेकका उपसूचकको मूल्य बढेको छ । आदर्श लघुवित्त वित्तीय संस्थाको कारोबार सकारात्मक सर्किट लेवलमा भयो । सिद्धार्थ इन्स्योरेन्स, इस्टर्न हाइड्रो, राप्ती हाइड्रोलगायत कम्पनीको मूल्य धेरैले बढेको छ । एनआईबीएल समृद्धि फण्डको मूल्य सबैभन्दा धेरै ३.७४ प्रतिशतले घट्यो ।

    https://nepalstock.com/

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ