काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको छ ।
जितसँगै १४ खेलबाट १६ अंक जोडेको मुम्बई चौथो स्थानमा उक्लिएको छ ।
बाङखडे स्टेडियममा पहिला ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो । हैदरावादका लागि मयन्क अग्रवालले ४६ बलमा ८३ रन र भिवरान्त शर्माले ४७ बलमा ६९ रन बनाएका थिए । बलिङमा मुम्बईका आकाश मध्वालले ४ विकेट लिएका थिए।
हैदरावादले दिएको २०१ रनको लक्ष्य मुम्बईले १२ बल बाँकी छँदा २ विकेट गुमाएर भेट्टायो । मुम्बईलाई जिताउन क्यामरन ग्रिनले शतकीय पारी खेलेका थिए । ग्रिनले ४७ बलमा ८ चौका र ८ छक्का रन हिर्काएका थिए। सूर्यकुमार यादवले नटआउट २५ रन जोडेका थिए। कप्तान रोहित शर्मा ५६ रन र इशान किसन १४ रन जोडेर आउट भएका थिए।
बेंग्लोरको हारले मुम्बई प्लेअफ पुग्नेछ। बेंग्लोरको मैदानमा पानी जमेका कारण टसमा ढिलाइ भएको खेल हुन नसकेमा मुम्बई प्लेअफ पुग्नेछ।



