२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आजदेखि सर्वसाधारणलाई हिमालयन रिइन्स्योरेन्सको आइपीओ खुला,प्रति कित्ता २०६ रुपैयाँ

images

  • २०८० मंसिर २७, बुधबार
  • 1.2K
    SHARES
  • आजदेखि सर्वसाधारणलाई हिमालयन रिइन्स्योरेन्सको आइपीओ खुला,प्रति कित्ता २०६ रुपैयाँ

    काठमाडौँ : आज मंसिर २७ गतेदेखि सर्वसाधारणलाई हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न गरेको हो। वैदेशिक रोजगारीमा गएकालाई सेयर बाँडफाँट गरेको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आजदेखि सर्वसाधारणमा आईपीओ निष्कासन तथा बिकी खुला गर्ने गरेको हो।

    कम्पनीले १० अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर जारी भएको छ। कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको शेयर निष्काशन गर्ने भएको छ।

    त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ३० लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ। कम्पनीले कुल कित्ताको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ। अब बाँकी रहेको २ करोड ४९ लाख कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

    कम्पनीको सेयर सर्वसाधारणले कम्तिमा १० देखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिन्छ। कम्पनीको आईपीओमा मंसिर २७ गतेदखि पुस १ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिमा पुरै कित्ता बिक्री नभएमा भने निष्काशन अवधि पुस ११ गतेसम्म लम्बिने छ।

    कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणालीमार्फत आवेदन दिन सक्नेछन्।

    हिमालयन रिइन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ