काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ।बजार खुलेको पहिलो १० मिनेटमा ६ अंकले घटेको नेप्से त्यसपछि निरन्तर उकालो लागेको हो।
आज नेप्से परिसूचक ३६.८३ अंक बढेर १९८५.४४ विन्दुमा पुगेको छ। आज फ्लोट इण्डेक्स २.२६ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ४.९४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३४ अंक घटेको छ।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स लिमिटेड शेयर शीर्ष स्थान, १८ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज सोनापुर मिनरल्सको करिब १५ करोडको शेयर कारोबार भएको छ भने रिलायबल लाइफको कारोबार रकम करिब साढे १४ करोडको शेयर खरिदबिक्री भएको छ।
आज १३ उप-समूहमध्ये आज सबैपरिसूचक बढेको छ। आज २१४ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य स्थिर रहेको छ। आज होटल उपसमूहको सूचक सबैभन्दा धेरै ४.३३ प्रतिशतले बढेको छ भने जलविद्युत, वित्त र जीवन बिमा उपसमूहको सूचक पनि ३ प्रतिशत भन्दा बढी उकालो लागेको छ।
हिजी ४ अर्ब ५० करोडको शेयर कारोबार भएको बजारमा आज २९७ स्टकको ९५ हजार ४३३ पटकको कारोबारमा ४ अर्ब ३० करोड ९ लाख रुपैयाँ बराबरको १ करोड २४ लाख ६३ हजार कित्ता शेयर कारोबार भएको छ।
आज ४ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने ७ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ तथा बोटलर्स नेपाल, धौलागिरी लघुवित्त, नेपाल रिपब्लिक मिडिया र सोनापुर सिमेन्टको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ।
त्यस्तै,सिवाइसिएल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५.११ प्रतिशत तथा सिंगटी हाइड्रोपावरको ४.७३ प्रतिशत र छिमेक लघुवित्तको शेयरमूल्य ३.८५ प्रतिशतले घटेको छ।



