२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रिलायबल लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

images

  • २०८० मंसिर २५, सोमबार
  • 1.4K
    SHARES
  • रिलायबल लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

    काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर घोषणा गर्दै पोलसी अनुसार फरक फरक दरमा बोनस दिने निर्णय गरेको हो। कम्पनीले बीमितलाई प्रतिहजार पोलेसीमा न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँका बोनसदर घोषणा गरेको छ।

    कम्पनीले घोषणा गरेको बोनसदरमा  रिलायबल सजिलो जीवन बीमा(एकल तथा सिमित अवधि भुक्तानी) योजनामा सबै अवधिका लागि २५ रुपैयाँ, रिलायबल सुलभ जीवन बीमालेख र शुलभ बाल जीवन बीमा प्लस नामक बीमा पोलेसीमा ५ देखि ९ वर्षको लागि २४ रुपैयाँ,१० वर्षदेखि १४ वर्षसम्मका लागि २८ रुपैयाँ, १५ देखि १९ वर्ष लागि ३२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिको लागि ४० रुपैयाँ बोनसदर घोषणा गरेको छ।

    कम्पनीका अनुसार ५ वर्षदेखि ९ वर्ष अवधिसम्मका ४२ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ७६ वटा र १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका २८९ वटा र २० वर्ष माथि अवधिका १९२ वटा बीमालेख बिक्री गरेको छ। लघु सावधिक जीवन बीमालेख योजनाको सबै बीमा अवधिमा प्रतिहजार ३० रुपैयाँ बोनस दर निर्धारण गरेको छ। साथै, कम्पनीले यस योजनाका ३ हजार ३४६ वटा बीमालेख बिक्री गरेको छ।

    यस्तै, सावधिक जीवन बीमामा ५ वर्षदेखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५० रुपैयाँ, १० देखि १४ वर्षका लागि ५५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ६२ रुपैयाँ,२० वर्ष वा सोभन्दा माथिको लागि ७५ रुपैयाँ बोनस तोकेको छ भने कम्पनीले रिलायबल उच्च शिक्षा योजनाको हकमा ५ देखि १४ वर्षका लागि ६० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ६२ रुपैयाँ, २० वर्ष वा सो भन्दा माथिको अवधिको लागि ६५ रुपैयाँ बोनसदर घोषणा गरेको छ।

    यस्तै, रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजना योजनाको हकमा भने १०,१२ र १४ वर्षसम्म अवधिको लागि प्रति हजार ५० रुपैयाँ, दिने घोषणा गर्दा १६,१८ र २० वर्ष अवधिको लागि प्रति हजार ५० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ भने सावाधिक तथा आजीवन बीमामा भने कम्पनीले ५ देखि ९ वर्षका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ५० रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

    कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ। साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ