२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

images

  • २०८० मंसिर २२, शुक्रबार
  • 906
    SHARES
  • नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य
    काठमाडौँ : एसिसी उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानलाई जितका लागि १५३ रनको लक्ष्य दिएको छ। 
     
    संयुक्त अरब ईमिरेट्स (युएई) स्थित दुवईको आइसिसी एकेडेमी–२ क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा सबै विकेट गुमाउँदै १५२ रनको योगफल बनायो। 
     
    नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरेका थिए। उनले ७६ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५१ रनको योगदान दिएका थिए। त्यसैगरी दीपेश कँडेलले ३१ रन बनाएका थिए। उनले छैटौँ विकेटका लागि उत्तम थापामगरसँग ६८ रनको साझेदारी गरेका थिए। कँडेलले ५९ बलमा २ चौका र १ छक्काको मद्दतमा ३१ रन बनाएका थिए। 
     
    ओपनर अर्जुन कुमालले २१ रन, गुल्सन झा १ रन,आकाश त्रिपाठी ६ रन तथा तिलक भण्डारीले ७ र सुवास भण्डारीले अविजित ८ रन बनाएका थिए। नेपालले १७ ओभरमा ४६ रन जोड्दा सुरुआती ५ विकेट गुमाएको थियो। कप्तान देव खनालले १३ बल खेली शून्यमा आउट भएका थिए।
     
    बलिङमा पाकिस्तानका मोहम्मद जिशानले ६ विकेट लिएका थिए। साथै अमिर हसनले २ तथा उबेद शाह र अली असफन्दले समान १ /१ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ