२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेप्से संगै घट्यो कारोबार रकम पनि

images

सत्कार खबर
  • २०७९ माघ १७, मंगलबार
  • 841
    SHARES
  • नेप्से संगै घट्यो कारोबार रकम पनि

    करोड १७ माघ, काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार दोहोरो अंकले घटेको छ । बजार परिसूचक १५.७० अंकले घटेर २१११.६८ को बिन्दुमा बन्द भएको छ ।

    मंगलबार कुल कारोबार रकम पनि २ अर्ब ८२ करोड ४५ लाखमा सीमित भएको छ । सोमबार ८८ लाख ३६ हजार ४८८ कित्ता धितोपत्र किनबेच हुँदा ३ अर्ब ३० करोड २२ लाख १ हजारको कारोबार भएको थियो ।  मंगलबार कारोबारमा आएका २५९ कम्पनीमध्ये १४८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५७ कम्पनीको मूल्य बढेको र ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।
    कारोबारमा आएका १३ उपसमूहमध्ये मंगलबार हाइड्रोपावरबाहेकका सबै उपसमूह राताम्मे भए । घटेको बजारमा पनि आदर्श लघुवित्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । बाराही हाइड्रो, लुम्बिनी जनरल इन्स्योरेन्स र इष्ट्रन हाइड्रोका सेयरधनीले मंगलबारको बजारमा नाफा कमाए ।

    प्राइम लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त लगायतका कम्पनीका सेयरधनी आजको बजारमा धेरै गुमाउनेमा परे । यी कम्पनीहरुको सेयरमूल्य मंगलबार ४.३७ देखि ५.२१ प्रतिशतसम्मले घटेको थियो । रिडी पावर कम्पनीको सेयरमा दोस्रो बजारको आकर्षण थियो । यो कम्पनीको १९ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो ।

    nepse index 1.31.2023.JPG
    undefined

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ