काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। काठमाडौंको आकाश बिहानैदेखि हुस्सेले ढाकेको छ। यद्यपि, पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ।
बिहीबार बिहान कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतस् सफा रहेको छ। आज दिउँसो कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा हुनेछ भने कोशीकै उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने महाशाखाको पूर्वानुमान छ।
राति पनि कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशीकै उच्च पहाडी तथा हिमाली भू-भागका एक*दुई स्थानमा हल्का हिमपात हुने छ। महाशाखाले देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।तराईका केही स्थानमा बिहानीपख लाग्ने हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य असर पर्नसक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।



