२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
जल तथा मौसम

चार प्रदेशमा हल्का वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

images

  • २०८० मंसिर १४, बिहीबार
  • 721
    SHARES
  • चार प्रदेशमा हल्का वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

    मङ्सिर १४, काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ। महाशाखाको मौसमी बुलेटिन अनुसार अहिले मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।  

    आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाकिँ स्थानमा मौसम सफा रहनेछ। मधेस, बाग्मती, गण्डकी र कर्णाली प्रदेशको प्रदेशको पहाडी भूभागका एक(दुई स्थानमा वर्षाको पनि सम्भावाना रहेको छ। यसैगरी देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ।


    महाशाखाका अनुसार आज राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। विभागले देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।

    देशका पहाडी भू(भागका एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपात हुनेछ। वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाको आकलन छ। मनसुनको समयमा बाढी, पहिरो,चट्याङ्ग, हावाहुरी, भूक्षयको सम्भावना हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ