मङ्सिर ८,काठमाडौं : आज शुक्रबार सुनको मूल्य २ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ। बिहिबार प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ भने हिजो तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको थियो।
यता, चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।



