२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

भोलि काठमाण्डौमा अत्यावश्यक काममा मात्रै गाडी चलाउन ट्राफिक प्रहरीको आग्रह

images

  • २०८० मंसिर ६, बुधबार
  • 826
    SHARES
  • भोलि काठमाण्डौमा अत्यावश्यक काममा मात्रै गाडी चलाउन ट्राफिक प्रहरीको आग्रह

    मङ्सिर ६, काठमाडौं : काठमाडौं  उपत्यका ट्राफिक प्रहरी कार्यालयले भोलि बिहीबार काठमाडौं उपत्यकामा अत्यावश्यक भए मात्र सवारी साधन लिएर निस्कन आग्रह गरेको छ। 

    कार्यालयले एक सूचना जारी गर्दै उपत्यकाका विभिन्न स्थानमा विभिन्न समूहले र्‍याली जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले सवारी आवागमनमा अहसजता श्रृजना हुन सक्ने जनाएको छ। सडकमा निस्कनपूर्व १०० वा १०३ मा टेलिफोन गर्न वा ट्राफिक एफएम सुनी सडकको अवस्थाबारे जानकारी लिएर मात्र निस्कन सूचनामा अनुरोध गरिएको छ। 


    ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा आवश्यक सहयोग गर्न पनि कार्यालयले आग्रह गरेको छ।  भोलि युवा संघले तीनकुने र दुर्गा प्रसाईं समूहले बल्खुमा प्रदर्शन गर्दैछन्। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ