२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल र यमनबीच पहिलो हाफको खेल गोलरहित बराबरीमा

images

  • २०८० मंसिर ५, मंगलबार
  • 711
    SHARES
  • नेपाल र यमनबीच पहिलो हाफको खेल गोलरहित बराबरीमा

    मङ्सिर ५, काठमाडौं : फिफा विश्वकप फुटबलकाे छनाेटअन्तर्गत दाेस्राे चरणकाे खेलमा अहिले नेपालले यमनसँग खेलिरहेकाे छ। काठमाण्डाैकाे त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा भइरहेकाे खेलकाे पहिलाे हाफ गाेलरहित बराबरीमा सकिएकाे छ।

    खेलमा दुवै टाेलीबाट केही राम्रा प्रहार भए पनि गाेल भने हुन सकेन। यमनका लागि ३२ मिनेटमा अहमद माहेरले पेनाल्टी बक्स भित्रबाट हानेको बल पोष्ट माथिबाट बाहिरिएको थियो। मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले यमन विरुद्ध पहिलो रोजाईँमा यसअघिको खेलबाट तीन खेलाडी परिवर्तन गरेका थिए।

    नेपाल समर्थन गर्न उल्लेख्य सङ्ख्यामा समर्थक मैदानमा पुगेका छन्। समूह चरणको पहिलो खेलमा नेपाल यूएईसँग ४–० गाेलकाे अन्तरले पराजित भएकाे थियाे। यमन पनि पहिलो खेलमा बहराइनसँग २–० गोलकाे अन्तरले पराजित भएको थियो।

    नेपाल छनोटको पहिलो चरणमा लाओसलाई हराएर दोस्रो चरणमा पुगेको हो। दोस्रो चरणको समूह 'एच' मा नेपालसहित यूएई, बहराइन र यमन रहेका छन्। समूहको शीर्ष दुई स्थानमा रहने टोली एसिया कपका साथै विश्वकप छनोटको अर्को चरणमा पनि पुग्नेछन्। तेस्रो र चौथो स्थानमा रहने टोली एसिया कपमा पुग्न फेरि खेल्नुपर्नेछ।

    नेपालको प्लेइङ ११

    किरण कुमार लिम्बु (कप्तान), रोहित चन्द, अनन्त तामाङ, सनिश श्रेष्ठ, आशिष चौधरी, ऐरिक विष्ट, उत्सव राई, दिनेश हेन्जन, अन्जन विष्ट, जिलेस्पी जंग कार्की र सेसेहाङ आङ्दाम्बे।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ