२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो पराजित 

images

  • २०८३ असोज २७, मंगलबार
  • 246
    SHARES
  • नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो पराजित 

    काठमाडौं : आइसिसी विश्वकप लिग–२ सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ। मंगलबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनले पराजित गर्दै सिरिजमा लगातार दोस्रो सफलता हात पारेको हो।

    नेपालले दिएको २ सय ६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १ सय ५० रनमै अलआउट भयो। यससँगै नेपालले फराकिलो रन अन्तरको जित दर्ता गरेको छ।

    यसअघि सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको थियो। लगातार दुई खेल जितेसँगै नेपालले आइसिसी विश्वकप लिग–२ सिरिजमा आफ्नो प्रदर्शनलाई मजबुत बनाएको छ। यस जितपछि लिग २ अंकतालिकामा छैटौं स्थानमा रहेको नेपालको ३४ खेलबाट २८ अंक भएको छ  भने ओमान ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ ।

    नेपालका लागि नन्दन यादवले र कप्तान सन्दीप लामिछानेले ३/३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले १-१ विकेट लिएक थिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रन बनाएको थियो ।

    रोहित पौडेलले सर्वाधिक ६१ रन बनाएका थिए जसमा ६७ बल खेल्दा ३ चौका र १ छक्का प्रहारमा ६१ रन बनाएका थिए । करण केसीले अन्त्यतिर १६ बलमा ४० रनको आक्रामक पारी खेलेका थिए।

    यस्तै, अर्जुन कुमालले ४०रन, बसिर अहमद र इशान पान्डेले समान ३७ रन साथै दीपेन्द्रसिंह ऐरीले २२ रन बनाएका थिए । ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले २-२ विकेट लिए भने हस्नेन शाहले १ विकेट लिएका थिए ।

    अब  नेपालले अर्को खेलमा आगामी शनिबार क्यानडासँग खेल्नेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ