२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एनएमबि बैंकद्धारा लाभांश घोषणा  

images

  • २०८३ असोज २२, बिहीबार
  • 306
    SHARES
  • एनएमबि बैंकद्धारा लाभांश घोषणा  

    काठमाडौँ : एनएमबि बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ। यस लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।

    बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार बैंकले हाल कायम चुक्तापुँजी ७ प्रतिशतले हुन आउने १ अर्ब ३४ करोड ९९ लाख ५२ हजार ८ सय ८८ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

    यसैगरी अग्राधिकार शेयरधनीहरुलाई ८.२५ प्रतिशतले हुन आउने १२ करोड २० लाख ५४ हजार ७ सय ९४.५२ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय पनि बैंकले गरेको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ