काठमाडौं : देशका विभिन्न क्षेत्रमा भइरहेको वर्षा शुक्रबारसम्म जारी रहने मौसमविद्हरूले बताएका छन्। शनिबारदेखि भने मौसममा क्रमशः सुधार हुँदै जाने पूर्वानुमान गरिएको छ।
नेपाल मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले अधिकांश क्षेत्रमा बदलीसँगै वर्षा भइरहेको छ।
लामिछानेका अनुसार शुक्रबार दिउँसोसम्म देशका विभिन्न स्थानमा वर्षाको सम्भावना कायमै रहनेछ। त्यसपछि भने मौसममा क्रमिक सुधार देखिने अपेक्षा गरिएको छ।
आज पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ। मौसममा आएको परिवर्तनका कारण केही क्षेत्रमा सामान्यदेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।