२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

भारतले वेस्ट इन्डिजलाई ८ विकेटले हरायो, श्रेयस अय्यरको शतक

images

  • २०८३ असोज २१, बुधबार
  • 226
    SHARES
  • भारतले वेस्ट इन्डिजलाई ८ विकेटले हरायो, श्रेयस अय्यरको शतक

    काठमाडौँ : लखनउमा भएको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाको पहिलो खेलमा भारतले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको छ। जितसँगै भारतले श्रृंखलामा १–० को अग्रता लिएको छ।

    टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो। भारतले १ सय ७२ रनको लक्ष्य १४.४ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्दै प्रभावशाली जित निकाल्यो।

    भारतको जितमा श्रेयस अय्यर नायक बने। उनले आक्रामक ब्याटिङ गर्दै ४३ बलमै शतक पूरा गरे र अविजित १०२ रन बनाए। उनको उत्कृष्ट प्रदर्शनले भारतलाई लक्ष्यसम्म पुग्न सहज बनायो।

    इशन किसनले पनि अविजित ३७ रनको योगदान दिए। अय्यर र किसनबीचको साझेदारीले भारतलाई लक्ष्य पछ्याउने क्रममा कुनै ठूलो दबाब आउन दिएन।

    यसअघि,  टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज १९.१ ओभरमा १७१ रनमा अलआउट भयो। वेस्ट इन्डिजका लागि कप्तान साई होपले टोलीका लागि उत्कृष्ट इनिङ खेले। उनले ३७ बलको सामना गर्दै ६ चौका र २ छक्काको मद्दतमा ५२ रन बनाए।

    भारतविरुद्धको अघिल्लो ओडीआई सिरिजका दुई खेलमा लगातार शतक प्रहार गरेका होपले टी–२० मा पनि आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएका छन्। त्यस्तै, शेरफन रदरफोर्डले पनि आक्रामक ब्याटिङ गर्दै ५६ रन बनाए। उनले ३४ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। होप र रदरफोर्डको महत्वपूर्ण साझेदारीका कारण वेस्ट इन्डिजले चुनौतीपूर्ण स्कोर खडा गर्न सफल भयो।

    बलिङमा भारतको लागि नमन धीरले ३ विकेट तथा कुलदीप यादव र अक्षर पटेलले समान १/१ विकेट लिएका थिए। दुवै टोलीबीचको पाँच खेलको श्रृंखलाको दोस्रो टी–२० खेल शुक्रबार हुनेछ। भारत घरेलु मैदानमा आफ्नो अग्रता थप बलियो बनाउने लक्ष्यमा हुनेछ भने वेस्ट इन्डिज श्रृंखला बराबरी गर्ने प्रयासमा मैदान उत्रनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ